सत्याकृतको ‘जिन्दगी’ सार्बजनिक : दुबईको मरुभुमी र समुन्द्रीको मनमोहक दृश्य

ब्याण्ड मेम्बर बिजय गौतमको शब्द र प्रजीत लामाको स्वर रहेको गीतमा प्रकाश न्यौपानेको क्यामेरा र निशान घिमिरेको सम्पादन रहेको छ। पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको ब्याण्डले अहिले भने सुफी शैलीको गीत ल्याएको हो ।
‘सत्याकृतले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत सङीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।
