Logo
६ चैत्र २०८१, बिहीबार
(August 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृगौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान शुरु

म्याग्दी : मृगौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान थालिएको छ ।

दुवै मृगौलाले काम गर्न नसकेर थलिएका मङ्गला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्यालको उपचारको लागि सहयोग जुटाउन अभियान शुरु गरिएको छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन नसकेपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सो अभियान थालेको हो ।

बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १२ मा अध्ययनरत छन्त्यालको काठमाडौँस्थित शिक्षण अस्पतालका चिकित्सक डा कमल लामिछानेको निगरानीमा उपचार भइरहेको छ । छन्त्यालकी आमा सीताले आफ्नो छोराको जीवन बचाइदिन अपिल गर्नुभएको छ । उहाँको उपचारका लागि रु २५ लाखदेखि ३० लाखसम्म आवश्यक पर्ने आमा सीताले बताउनुभयो । हालसम्म रु तीन लाख ५० हजार खर्च भइसकेको छ । मङ्गलबार रु ३९ हजार ५०० सहयोग जुटेको छ ।

उत्कृष्ट विद्यार्थी पुरस्कृत 

बेनीस्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा सर्वोकृष्ट अङ्क हासिल गर्ने एक छात्रालाई मङ्गलबार पुरस्कृत गरिएको छ । धौलागिरि क्षेत्रमा सबैभन्दा बढी अङ्क हासिल गर्नुभएकी छात्रा छलीकुमारी जैशीलाई रु १० हजारसहित पुरस्कृत गरिएको हो । तीन दशमलव ५७ जिपिए हासिल गर्नुभएकी विज्ञान सङ्कायकी छात्रा जैशीलाई विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सुवर्ण रिजाल, प्रधानाध्यापक हरिकृष्ण सुवेदीलगायतले सम्मान गर्नुभयो । सो विद्यालय यसअघि चार पटकसम्म धौलागिरिमा सर्वोकृष्ट अङ्कसहित विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

प्रकाशित मिति: Aug 22, 2018

प्रतिक्रिया दिनुहोस्