Logo
४ श्रावण २०८२, शनिबार
(July 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको दोब्बर बढ्यो भत्ता

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारि श्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषदले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको छ ।

बढाइएको पारिश्रमिक अनुसार स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढाएर ८ सय रुपैयाँ पुर्‍याइएको छ । सहायक केन्द्राध्यक्षको ३ सयबाट ६ सय, पर्यवेक्षकको ३ सयबाट ६ सय, निरीक्षकको २ सय ५० बाट ५ सय रुपैयाँ पुर्‍याइएको छ । त्यस्तै परीक्षा शाखामा काम गर्ने कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय, सुरक्षाकर्मीको ६० बाट बढाएर १ सय रुपैयाँ पुर्‍याइएको छ । कार्यालय सहयोगीको भत्ता ७५ बाट बढाएर एक सय रुपैयाँ पुर्‍याइएको छ ।

स्नातकोत्तर तहमा भने केन्द्राध्यक्ष भत्ता ६ सयबाट बढाएर १ हजार र सहायक केन्द्राध्यक्ष तथा पर्यवेक्षकको ४ सयबाट बढाएर ८ सय रुपैयाँ पुर्‍याइएको छ ।

 

प्रकाशित मिति: Jul 30, 2018

प्रतिक्रिया दिनुहोस्