Logo
१२ बैशाख २०८१, बुधबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा दिने/नदिने दिउँसो थाहा हुन्छ : कानुन मन्त्री तामाङ

काठमाडौँ : कानुन मन्त्री शेरबहादुर तामाङले आफूले अहिले नै राजीनामा दिने निर्णय नगरेको तर दिउँसोसम्म के हुन्छ भन्न नसक्ने बताएका छन् ।

तर उनले राजीनामा दिने संकेत भने गरेका छन् । उनले भने, ‘राजीनामा दिनु पर्ने भए पनि वा नभए पनि मेरो निर्णय पत्रकार सम्मेलनमै थाहा हुन्छ ।’

मन्त्री तामाङले भने, ‘मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन बोलाएको छु, सबै कुरा त्यहिँ थाहा हुन्छ । अहिले राजीनामा दिने/नदिने निर्णय त भएको छैन ।’

सोमबार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीले कानुन मन्त्री तामाङको अभिव्यक्तिमा गम्भीर आपत्ति भइरहेको भन्दै आफ्नो अप्रसन्नता व्यक्त गरेका थिए र बचाउ गर्न नसक्ने पनि संकेत गरेका थिए ।

मन्त्री तामाङ नेकपाका वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छन् । उनैको कोटामा तामाङ मन्त्री भएका हुन् । पछिल्लो समय माधव नेपाल समुह एमालेमा निकै कमजोर मानिन्छ ।

प्रकाशित मिति: Jul 24, 2018

प्रतिक्रिया दिनुहोस्