Logo
१५ चैत्र २०८०, बिहीबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोलामा नुहाउन गएका शाहीको पानीमा डुबेर मृत्यु

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्रा निवासी लोकबहादुर शाहीको पानीमा डुबेर मृत्यु भएको छ ।

सोमबार घर नजिकैको झुप्रा खोलामा नुहाउन गएका ५३ वर्षीय शाहीको खोलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए ।

घरबाट नुहाउन भनी गएका उनी नफर्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर हुने बित्तिकै उनको खोजतलास गर्दा सोमबार बेलुका ६ः३५ बजे मृतावस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।

उनका अनुसार मृत फेला परेका शाहीको प्रारम्भिक अनुसन्धान पूरा गरी शव परीक्षणका लागि सोमबार राति नै क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याइएको छ । शव परीक्षण गरी आजै उनका आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 24, 2018

प्रतिक्रिया दिनुहोस्