Logo
१२ बैशाख २०८१, बुधबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिकित्सक संघको आन्दोलन घोषणा : वैकल्पिक ओपीडी चलाउनू, देशभर अनसन बस्नू

काठमाडौं, ७ साउन : डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट बहिस्कार गर्न र वैकल्पिक उपायबाट ओपीडी सेवा सञ्चालन गर्न आहृवान गरेको छ ।

संघले आफ्ना सम्पूर्ण शाखा र देशभरका स्वास्थ्य संस्थाहरुलाई चार बुँदे निर्देश पनि जारी गरेको छ । चिकित्सक संघले आवासीय चिकित्सकहरुले सञ्चालन गरेको बहिरंग र अन्तरंग सेवा बहिस्कारमा ऐक्यवद्धता जनाएको छ ।

उपत्यकाका चिकित्सकहरुले भने बसन्तपुरमा विहान १० बजेदेखि ५ बजेसम्म अनसन बस्ने महासचिव लोचन कार्कीले बताए । देशभरका चिकित्सकहरुलाई आआफ्नो जिल्लामा रिले अनसन, र्‍याली, धर्ना लगायतका विरोधका कार्यक्रम गर्न र नागरिक समाजसँग मिलेर सशक्त विरोधमा उत्रन पनि भनेको छ ।

 

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्