Logo
१५ चैत्र २०८०, बिहीबार
(July 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीलाई भेट्न पुगिन् उनकी आमा : तर भएन कुनै बोलचाल

काठमाडौं, ७ साउन : डा गोविन्द केसीले थालेको १५ औं अनसन २३ दिन पुग्दा उनकी आमा मित्रकुमारी भेट्न पुगीन् । जुन दृश्य निकै भावुक देखिन्थ्यो ।

त्रिवि शिक्षण अस्पतालको एउटा कोठामा अनसन बसिरहेका डा गोविन्द केसीलाई अनसनस्थलमा सुतिरहेको अवस्थामा देख्दा आमा स्तब्ध बनिन् ।

छोरालाई देखेपछि आमा मित्रकुमारीका आँसु झरे। आमाको आँसु झरेपछि डा केसीका आँखा पनि निरन्तर रसाइरहे । डा केसीकी बहिनीसँग आएकी मिनाकुमारीले छोरालाई करिब ७ मिनेट नियालेर हेरिरहिन् ।

डा केसीले पनि आमालाई हेरेर आँसु झारिरहे, दुवै बोल्न सकेनन्। आमा-छोराका आँसु मात्र झरिरहेको देखेपछि डा केसीका सहयोगी, मेडिकल टिम नै केहीबेर स्तब्ध बन्यो ।

माहोल थप भावुक भएपछि उनीहरुको बोलचाल बिना नै डा केसीकी सानीआमाले उनलाई लिएर बाहिर निस्कीइन् ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्