Logo
१२ बैशाख २०८१, बुधबार
(July 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउनको पहिलो सोमबार : छोराछोरीसहित पूर्व युवराज्ञी पुगिन् पशुपति

काठमाडौं, ७ साउन : पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह सोमबार पहिलो साउने सोमबारको अवसरमा पशुपतिको दर्शन गर्न पुगेकी छन् । हिमानी करीब ४० मिनेट पशुपतिनाथ परिसरमा बिताउँदै फर्किएकी थिइन् ।  केहि सहयोगी र छोरा हृदयन्द्र तथा छोरी पूर्णिकाका साथ उनी पशुपतिको दर्शनका लागि पुगेकी हुन् ।

उनी पशुपतिमा पुग्दा राजावादीहरुले राजसंस्थाको समर्थनमा नाराबाजी गरेका थिए भने उनले पनि मन्दमुस्कानका साथ समर्थकहरुलाई बिदाई गरेकी थिइन् । हिमानीको पति पारस शाहसँग सम्बन्ध सुमधुर नरहेको बताइन्छ । सार्वजनिक कार्यक्रममा हिमानी बिरलै पारसँग देखिन्छिन् ।साउन महिनाको पहिलो सोमबार काडमाडौँको पशुपति क्षेत्रसहित देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनाको सोमबारलाई शिव भगवानको व्रत बस्नका लागि सर्वोत्तम दिन मानिन्छ । सूर्य मिथुन राशीबाट कर्कट राशीमा प्रवेश गरेर दक्षिणायन सुरु भएको महिना साउन भगवान शिवको प्रिय महिना मानिन्छ ।भगवान शिवले सूर्य र चन्द्र दुवैलाई धारण गर्नु भएकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान शिवका हजार नाममध्ये एक हो ।

भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यहि विश्वास र परम्परा अनुसार काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शन गर्न जानेको घुइँचो छ ।

प्रकाशित मिति: Jul 23, 2018

प्रतिक्रिया दिनुहोस्