Logo
८ बैशाख २०८१, शनिबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पताललाई उद्योग-व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त : उपेन्द्र यादब

काठमाडौं, ६ साउन : उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादबले अस्पताललाई उद्योग र व्यापार बनाएका कारण स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताउनुभएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलमा आइतबार स्वास्थ्य चौकी भवन हस्तान्तर कार्यक्रम मन्त्री यादबले स्वास्थ्य क्षेत्रभित्रको ठेकेदारी प्रथा अन्त्य हुनुपर्ने बताउनुभयो । ‘स्वास्थ्य क्षेत्रमा व्याप्त सिण्डिकेट र ठक्का प्रथा अन्त्य गर्नै पर्छ’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा औषधिको गुणस्तरमा कुनै सम्झौता गर्न सकिन्न ।’

मन्त्री यादबले औषधिको गुणस्तर र प्रभावकारीताको अनुगमन गरिने बताउनुभयो । उहाँले औषधिको गुणस्तरमा सरकारले उच्च प्राथमिकताका साथ ध्यान दिने बताउनुभयो । गाउँलाई आधार बनाई बिरामी जनतालाई गाउँमै सेवा दिनुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्यमन्त्री यादबले भन्नुभयो, ‘चिकित्सकहरू शहरमा बस्छन् । गाउँमा नबस्दा स्वास्थ्य सेवा लिनबाट गरिब जनता बञ्चित हुनुपर्ने अवस्था आएको छ । अस्पताल नजाने डाक्टरको प्रवृत्ति बन्द हुनुपर्छ । जनताले सेवा गाउँमै पाउनुपर्छ ।’

काठमाडौंभित्र पनि थुप्रै गाउँठाउँ दुर्गम जस्तै अवस्थामा रहेको उहाँले बताउनुभएको छ । ‘जहाँ राज्यको ध्यान पुग्न सकेको छैन’, यादबले भन्नुभयो, ‘दुर्गम स्थानमा पनि सर्वसुलभ रुपमा स्वास्थ्य सेवा र उपचार पु¥याउनुपर्छ । राज्यको दायित्व हो ।’ उहाँले जनता स्वास्थ्य नभएसम्म देश नबन्ने बताउनुभयो ।

‘स्वास्थ्य र शिक्षालाई राज्यले पहिलो प्राथमिकता दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले पनि स्वास्थ्य संस्था र सेवा जस्ता आधारभुत सेवालाई व्यस्थित र गुणस्तीय बनाउने अपेक्षा गरेका छौँ ।’ उहाँले केन्द्र, प्रदेश र स्थानीयस्तरबीच सहकार्य गरेर जनताको घरदैलो मै स्वास्थ्य सुविधा प¥याउनुे प्रतिवद्धता व्यक्त गरे ।

सो क्षेत्रका सांसद गगन थापाको समेत उपस्थिति रहेको कार्यक्रममा ‘ग्लोवल सेयर्स काठमाडौं’ले निर्माण गरिदिएको स्वास्थ्य चौकी भवन उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादबले बुढानिलकण्ठ नगरपालिकालाई हस्तारन्तर गर्नुभएको थियो ।

 

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्