Logo
१५ चैत्र २०८०, बिहीबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आदित्यको पुस्तक ओली र प्रचण्डले गरे लोकार्पण

काठमाडौं, ०५ साउन : नेपाली गुगल ब्वाईका रुपमा परिचित आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य ज्योतिपथ’को लोकार्पण भएको छ । आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र संस्कृतिविद सत्यमोहन जोशीले सयुक्तरुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकको भाव अनुवादक डा. राजु अधिकारी गरेका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत विना ज्ञान आश्चर्यजनक भएको बताए। आदित्यको दार्शनिक श्रृंखला,चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीले बताए । ‘आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने,‘यसका लागि सहयाेग गर्न सरकार तयार छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आदित्यको क्षमता अदभुतपूर्ण भएको बताए । उनले आफूहरु जस्ता विज्ञान पढेका समाजवादी र भौतिकवादीले लागि पनि आदित्यको क्षमताको बारेमा अध्ययनको विषय रहेको उल्लेख गरे ।लोकार्पण समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगै अन्य साहित्यकार र लेखकको सहभागिता थियो ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्