Logo
१२ बैशाख २०८१, बुधबार
(July 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार

बुटवल : भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ ।

उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो ।

आफ्नो घर ठेगाना र अभिभावकसमेत बताउन नसक्ने अवस्थाका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संरक्षणमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालकको आफन्तसमक्ष पु¥याउन सहयोगका लागि सबैमा अपिलसमेत गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

प्रकाशित मिति: Jul 22, 2018

प्रतिक्रिया दिनुहोस्