Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुणस्तरीय स्वास्थ्य प्रवाहमा निजी क्षेत्रसँग सहकार्य गर्ने : स्वास्थ्यमन्त्री

काठमाडौं, ४ साउन : उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । बि एण्ड बि हस्पिटलमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले दूषित पानी, प्रदुषणको प्रभाव र अखाद्य वस्तुको प्रयोगले बिरामीको संख्या वृद्धि हुने क्रम बढेको भन्दै चिन्ता गरे ।

निजी क्षेत्रको सहयोग बीना गुणस्तरीय सेवा जनताले नपाउने भन्दै मन्त्री यादवले सरकार निजी क्षेत्रसंँगको सहकार्यमा जनतालाई गुणस्तरीय सेवा पुर्‍याउन तयार रहेको बताए । नसर्ने रोगका कारण बिरामीको संख्या क्रमिक रुपमा बढीरहेको भन्दै यसलाई रोक्न सरकारलाई चुनौती रहेको बताए ।

‘प्रदुषित पानी, प्रदुषण र अखाद्य पदार्थको प्रयोग तथा प्रभावले बिरामीको संख्या बढ्दै गएको छ’, उनले भने, ‘खानपान र आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने नसर्ने रोगको बिकराल अवस्था आउन सक्छ ।’ उपप्रधान एवम स्वास्थ्य मन्त्री यादवले विदेशमा उपचार गराउने ठूलो हिस्सा रहेको भन्दै त्यसलाई रोक्नु पर्ने बताए ।

उनले नेपालमै सुविधा सम्पन्न उपचार दिन सके विदेश उपचार गर्न जानेहरुलाई रोक्न सकिने पनि बताए । तर, नेपाल मै पनि विपन्न नागरिक स्वास्थ्य सेवा पाउँनबाट समेत बन्चित भएको प्रति आफु असाध्यै चिन्तित रहेको बताए । उनले सरकारी र निजी क्षेत्र एक अर्काका परिपुरक रहेको भन्दै मिलेर गएको खण्डमा जनताले स्वास्थ्य सेवा गुणस्तर पाउने दाबी गरे ।

प्रकाशित मिति: Jul 20, 2018

प्रतिक्रिया दिनुहोस्