Logo
१३ बैशाख २०८१, बिहीबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टुँडिखेलमा अवतरण लगतै डा. केसीलाई टिचिङ अस्पताल पुर्‍याइयो

काठमाडौं : बीस दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई बिहीबार काठमाडौं ल्याइएको छ । केसीलाई ल्याइएको हेलिकप्टर टुँडिखेलमा अवतरण गरिएको थियो।

त्यसपछि उनलाई तत्काल उपचारका लागि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज लगिएको सरकारीवार्ता टोलीका सदस्य एवं स्वास्थ्य सेवा विभागका महानिदर्शेक गुणराज लोहनीले जानकारी दिए।

जुम्लामै वार्ता गर्नुपर्ने अडानमा रहेका केसीलाई सरकारले अन्तत: बल प्रयोग गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको हो । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि भन्दै डा. केसी असार १६ गतेदेखि जुम्लामा अनशनरत थिए ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकको सिफारिसका आधारमा उनलाई काठमाडौं ल्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

गृह मन्त्रालयको विज्ञप्ति : 

 

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्