Logo
१३ बैशाख २०८१, बिहीबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केसीको आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको आन्दोलन र त्यसमा नेपाली कांग्रेस लगायत नागरिक समाज र स्वास्थ्यकर्मीहरुको समर्थनका कारण उत्पन्न हुने कुनै पनि परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बुधबार राति अबेर नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रमुखहरुलाई बालुवाटार बोलाई शान्ती सुरक्षा स्थिति कुनै पनि हालतमा कायम राख्न निर्देश दिएका हुन् ।

प्रधानमन्त्री समक्ष सुरक्षा प्रमुखहरुले मौजुदा स्थितिमा सरकारप्रतिको असन्तुष्टि र प्रतिपक्ष तथा नागरिक समाजबिच बन्दै गइरहेको समिकरणले शान्ती सुरक्षा स्थितिमा प्रतिकुल असर पर्न सक्ने बताएका थिए ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार प्रधानमन्त्री ओलीको यो निर्देशनलाई भिड र विरोध प्रदर्शनमा आवश्यकता अनुसार र आफ्नो विवेकमा बल प्रयोग गर्न प्रधानमन्त्रीको स्वीकृतिको रुपमा यसलाई हेरिएको छ ।

त्यसै अनुसार जुम्लामा अनशनरत डा. केसीलाई सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याउनका लागि सुरक्षाकर्मीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि डा. केसी समर्थकमाथि अश्रु ग्यास र लाठी प्रहार गरेका हुन् ।

 

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्