Logo
४ बैशाख २०८१, मंगलबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधनको बाटो खुला छ, चिकित्सा शिक्षा विधेयक फिर्ता हुन्न : शिक्षामन्त्री

काठमाडौं, ३ साउन : सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने प्रष्ट पारेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताए । तर, आफू एक्लैले विधेयक फिर्ता लिन नसक्ने बताए ।

जुम्लामा २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीले भने विधेयक फिर्तालाई पहिलो शर्त बनाएका छन् । उनलाई काठमाडौं ल्याउन सरकारले बिहीबार नेपाली सेनाको हेलिकोप्टर पठाएको छ तर, डा. केसीले आउन मानेका छैनन् ।

मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘बाहिर वार्ता गरेर विधेयक फिर्ता हुँदैन । संसदको बाटोबाट सच्याउन र परिस्कृत गर्न हामी तयार छौं ।’ उनले कांग्रेसले भने जस्तो चिकित्सा शिक्षा अध्यादेशको हुबहु अब आउन नसक्ने बताए ।

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्