Logo
६ बैशाख २०८१, बिहीबार
(July 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगर भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा बढी

विराटनगर : विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा रु १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ ।

यसैगरी, मूल्यअभिवृद्धि करतर्फ रु १३ अर्ब २२ करोड ५७ लाख उठाउने लक्ष्य रहेकोमा रु १७ अर्ब ५३ करोड १३ लाख राजस्व संकलन गरिएको छ ।

यस्तै, अन्तःशुल्कको वार्षिक लक्ष्य रु चार अर्ब ५६ करोड ९९ रहेकोमा रु एक अर्ब ४२ करोड ८८ लाख राजश्व संकलन भएको छ ।

प्रकाशित मिति: Jul 19, 2018

प्रतिक्रिया दिनुहोस्