Logo
७ बैशाख २०८१, शुक्रबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च

नयाँ दिल्ली : विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ ।

चालकको लाहपवाह, मर्मत नगरिएका सडक, सवारी सधान र ट्राफिक नियम उल्लङ्घन नै यहाको सडक दुर्घटनाको प्रमुख कारण रहेको विज्ञहरुको भनाई छ ।

गत मङ्गलबार राति पनि भारतको पश्चिमी राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनामा मारिएका यी व्यक्तिहरु एकै परिवारका भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

एक परिवारका सदस्य चढेको कार ट्रकसँग ठोक्किँदा सो घटना भएको र यसमा परी एक व्यक्ति घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्