Logo
१२ बैशाख २०८१, बुधबार
(July 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनद्वारा संन्यास घोषणा

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । युरोप टुरमा जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा उनले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् ।

राष्ट्रिय टोलीका लागि डेढ दशक मैदानमा बिताएका गौचनले करियरको सुरुवात ब्याट्सम्यानको भूमिकामा खेलेका थिए। पछिल्लो एक दशक भने उनले स्पिनरको भूमिका निर्वाह गर्दै आएका छन्।

उनले अब नेपालमा हुने अर्को खेल नै उनको राष्ट्रिय टोलीका लागि अन्तिम् खेल हुनेछ। नेपालले युरोप टुर अन्तर्गत इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज तथा नेदरल्यान्ड्समा दुई खेलेको वान–डे सिरिज खेल्दैछ। राष्ट्रिय टोलीबाट संन्यास लिएपनि उनले घरेलु क्रिकेटमा भने निरन्तर खेलिरहने बताएका छन्।

प्रकाशित मिति: Jul 18, 2018

प्रतिक्रिया दिनुहोस्