Logo
१२ बैशाख २०८१, बुधबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनरत केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई देउवाको ध्यानाकर्षण

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अनसनरत गोविन्द केसीको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।  जवाफमा ओलीले आफूहरु केसीको जायज माग सम्बोधन गर्न तयार रहेको भन्दै उनसँग वार्ता भइरहेको बताएका थिए ।

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौड्यालका अनुसार भेटका क्रममा देउवाले केसीसँग तत्काल वार्ता गरेर माग पूरा गरी उनको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेकोबारे प्रधानमन्त्रीलाई सचेत गराएका थिए ।

सभापति देउवाले आफ्नो नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले केसीको मागलाई सुनुवाई गरेर माथेमा उच्चस्तरीय कार्यदलको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको समाधान हुने धारणा पनि राखेको पौड्यालले जानकारी दिए ।

तर, सरकारले सो अध्यादेशलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने चेतावनी दिएको उनले बताए ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्