Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर बन्न असफल भएका मनोज बने मोडेल (भिडियो सहित)

काठमाण्डौ : ‘भेट भयो तिमिसँग…’ बोलको एउटा नयाँ गित सार्वजनिक भएको छ । गजल स्टाइलमा गाइएका र छयाँकन गरिएका यस गितको म्युजिक भिडियोमा देखिएका खासगरि पुरुस कलाकारको यत्तिबेला निकै चर्चा भइरहेको छ ।

नव कलाकारको रुपमा मोर्डलिङ्ग गरेका पुरुस कलाकार भने कुनै पेसेवर कलाकार होइन । सुनसरीको इनरुवा घर भई हाल लण्डन बस्दै आएका मनोज मेहताले पुरुस कलाकारको रुपमा अभिनाय गरेका हुन् ।

‘मेरो घरको छानो’ नामक एल्बमको उक्त गितमा स्वर भने प्रमोदराज न्योपाने र निभाको रहेको छ । त्यस्तै सागर किरणले संगित भरेका छन् ।

मनोज तत्कालिन स्थानिय तहको चुनावमा इनरुवा नगरपालिकाको मेयर पदमा उम्मेदवारी समेत दिएका थिए । प्रतिद्धन्द्धी राजन मेहतासँग पराजित भएका मनोज केहि समयपछि फेरि लण्डन फर्किएका थिए ।

पछिल्लोसमय म्यिुजिक भिडियो मार्फत सार्वजनिक भएका ‘मनोज फेरि राजनीतिमा आउने हुन की, कलाकारिता तिर लाग्ने हुन् ?’ यसबारे निकै चर्चा फैलिएको छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्