Logo
१२ बैशाख २०८१, बुधबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकार विरुद्ध नेविसंघको प्रदर्शन,केहिबेर दुई पक्षीय झडप

काठमाडौं, १ साउन : नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलबार राजधानीमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै प्रर्दशन गरेको हो । माइतीघरमा भेला भएर नाराबाजीसहित संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेपछि केहिबेर दुई पक्षीय झडप समेत भएको थियो ।

सरकारले अधिकारको पक्षमा लडेको भनेपनि नागरिकको अधिकार खोस्न खोजेको, गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका समेत लगाउँदै सरकारको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो । सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि नेविसंघका कार्यकर्ता घाइते समेत भएको बताइएको छ ।

पछिल्लो समय सरकार विरुद्ध कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ ।कांग्रेसले केहिअघि बैठकबाटै सडक र सदनबाट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीतिसहितको निर्णय गरेको थियो ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्