Logo
१३ बैशाख २०८१, बिहीबार
(July 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौं : नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो साँझ बस्ने भनिएको बैठक मन्त्री परिषद बैठक लम्बिएका कारण आजका लागि सरेको थियो ।

आजको बैठकमा पार्टी विधान अन्तर्गत नियमावलीलाई दुबै अध्यक्षले अनुमोदन गर्नेछन्। त्यसपछि त्यसलाई प्रकाशनार्थ पठाइनेछ । विधान–नियमावली प्रकाशन नहुँदा मातहतका निकायहरुमा पार्टी एकताले पूर्णता पाउन सकेको छैन ।

आजको बैठकपछि प्रदेश, केन्द्रीय आयोग–विभाग, जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अघि बढ्नेछ । पार्टी विधान–नियमावलीका अलावा आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारेपनि छलफल हुने बताइएको छ।

त्यस अन्तर्गत सरकारको काम कारवाही, डा गोबिन्द केसीको अनसन लगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित मिति: Jul 17, 2018

प्रतिक्रिया दिनुहोस्