Logo
८ बैशाख २०८१, शनिबार
(July 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीको आन्दोलनप्रति नेकपा माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौं,  ३२ असार : गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले डा. गोविन्द केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । सोमबार बसेको सो पार्टीको केन्द्रीय सचिवालयको (स्थायी समिति) वैठकले डा. केसीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो ।

स्थायी समिति सदस्य तथा प्रदेश न. ५ का संयोजक आलोक रायमाझीले बैठकले वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका बिकृती, बिसङगतिहरुका विरुद्धमा निरन्तर संघर्ष गर्दै १५ औ पटक अनशनरत डा. गोविन्द केसीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै उहाँका जायज मागहरू तुरुन्त पूरा गर्न र जीवन रक्षा गर्न सरकारसँग माग गरिएको बताए ।

साथै डा.केसीको आन्दोलनलाई केहि राजनैतिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेकोमा आपत्ति जनाएको छ । त्यसैगरी बर्तमान नेपालको कानुनले दिएको कुटनैतिक नियोगले खोल्न पाउने एउटा बिद्यालय बाहेकका भारत सरकारको मातहतका १३ वटा बिद्यालयहरुलाइ सम्बन्धन दिइएकोमा गम्भीर नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।

‘यस्ता खाले निर्णयले नेपालको सार्बभौमिकता साथै राष्ट्रियतामा गम्भीर दीर्घकालीन असर पुरयाउने निष्कर्ष निकाल्दै, यस्ता गैरकानुनी र राष्ट्रघाति निर्णयलाई तुरुन्तै खारेज नगरे बाध्य भएर आन्दोलनमा जानछ’ बैठकपछि नेता रायमाझीले बताए ।

प्रकाशित मिति: Jul 16, 2018

प्रतिक्रिया दिनुहोस्