Logo
१५ चैत्र २०८०, बिहीबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुसिकोट खलंगामा बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

रुकुम : रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

मुसीकोट नगरपालिका–१, स्थित सल्ले बसपार्कबाट मुलखोलातर्फ आउँदै गरेको ना ५ ख ६५१० नम्बरको बस शुक्रबार दिउँसो १ बजे मुलखोलामा दुर्घटना हुँदा मुसीकोट नगरपालिका–१, छिङकी अन्दाजी २४ वर्षीया सपना मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते १६ जनामध्य गम्भिर चोट लागेका ४ जनालाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने १२ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

घाइतेहरु सबैको नाम ठेगाना खुलिसकेको छैन। बस दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल सल्लेबाट खलंगातर्फ आउने यात्रुहरु बसमा चढेको हुन सक्ने प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रयाण्मा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्