Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

काठमाडौं, २९ असार :  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । मुख्यमन्त्री राउतको आमाको ७२ बर्षको उमेरमा निधन भएको हो ।

बिहारको रक्सौलामा उपचारका क्रममा आज दिउँसो ३.१५ बजे मुख्यमन्त्री राउतकी आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनकी आमा विगत लामो समयदेखि सुगर, मुटु रोगबाट ग्रस्त थिए ।

अन्तिम संस्कारको लागि पार्थीव शरिरलाई आजै पैतृक गाँउ पर्साको जगन्नाथपुर लाने र भोली विहान ९ बजे मुश्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जनाए ।

मृतका राउतका २ छोरा र दुई छोरी छन् । जेठो छोरा राउत मुख्यमन्त्री हुन भने कान्छो छोरा रामबाबु राउत कृषक हुन् ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्