Logo
१२ बैशाख २०८१, बुधबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेनीबजारको शिरमा रामायण पार्क निर्माण हुँदै

म्याग्दी : सदरमुकाम बेनीबजारको शिरमा रामायण पार्क निर्माण गरिने भएको छ । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँप रुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रामायण पार्क निर्माणको तयारी गरेको हो ।

परामर्शदाता कम्पनीमार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिम चरणमा पु¥याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनोट गरेको छ । चालु आर्थिक वर्षमा रु चालीस लाख विनियोजन भएको रामयण पार्क बनाउने योजनालाई पूर्णता दिन आगामी वर्षका लागि रु ४२ लाख विनियोजन गरेको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए ।

पुलाश्रममा रावण जन्मिएको ऐतिहासिक धार्मिक ग्रन्थमा उल्लेख भएको तथ्यको आधारमा रामायण पार्क बनाउन लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए।रामायण पार्क निर्माण भएपछि म्याग्दी हुँदै मुक्तिनाथ र मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटकलाई बेनीमा अडाउन सकिने नगरप्रमुख श्रेष्ठको विश्वास छ ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्