Logo
१५ चैत्र २०८०, बिहीबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘झमकबहादुर’ पोस्टर सार्वजनिक

काठमाडौं : केही समय अघि ट्रेलर सार्वजनिक भए सगै मुम्बई एक्सप्रेस को कपी भनेर निकै आलोचना खेपेको चलचित्र ‘झमकबहादुर’ को २पोस्टर सार्वजनिक गरीएको छ ।

चलचित्र नितान्त नेपाली परिवेश सुहाउदो आफ्नै मौलिकतामा शुद्ध कमेडी बेस रहेको यस चलचित्र निर्देशक भोमन कटुवाल बताउछन । चलचित्र मुम्बई एक्सप्रेसको कपि नरहेको उनको दाबी रहेको छ। सुन तस्करी , लुटपाटलाई मुख्य बिषय बनाई कमेडी बेशमा प्रस्तुत गरेको निर्देशक बताउछन् ।

चलचित्रमा अनुप बिक्रम शाही, यादब देपकोटा (सरापे),राजु कमेडी,मिन कुमार तामाङ, कल्याण अधिकारी,राजन मर्हजन र सुजाता थापाको मुख्य भूमिका रहेको छ । ओम सुनारको संगीत, राजु किरात राईको द्वन्द रहेको यस चलचित्रलाई मिन कुमार तामाङले निर्माण गरेका हुन् भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छिन । पवन गौतमको छायांकन रहेको यस चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन् । चलचित्र श्रावण १८ गते बाट नेपाल भर प्रर्दशनमा आउने छ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्