Logo
१५ चैत्र २०८०, बिहीबार
(July 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउन १८ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘कायरा’ को रोमान्टिक गीत सार्बजनिक (भिडियो)

काठमाडौ : अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘कायरा’ को ‘सुखमा तिमि…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो ‘सास’ बन्न अनुरोध गरिरहेका छन् । पहिलो पटक संगै काम गरेको यो जोडी भिडियोमा सुहाएको छ।

लक्ष्मण रिजाल निर्देशित चलचित्रको सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका छन् । चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

शिवराम श्रेष्ठले छायांकन गरेको चलचित्रमा आर्यन सिग्देलकै कथा रहेको छ भने स्क्रिन प्ले र डाइलग केदार भुषालको रहेको छ । बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रमा राजकुमार भट्ट कार्यकारी निर्मातामा रहेका छन् चलचित्रमा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा रहेका छन् । चलचित्र साउन १८ गते बाट प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: Jul 13, 2018

प्रतिक्रिया दिनुहोस्