Logo
११ बैशाख २०८१, मंगलबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 जापानमा भारी वर्षा र बाढीका कारण १९९ जनाको मृत्यु

टोकियो : जापानको पश्चिमी क्षेत्रमा केही दिनयतादेखि भारी वर्षाका कारण बुधबार बिहान सम्ममा १९९ जनाको मृत्यु भएको छ ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वारकार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । मौसमविदले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।

हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुनेहरुमा धेरैजसो पहिरोमा पुरिएका तथा बाढीमा परेका छन् । जापानको राजधानी टोकियोदेखि ६०० किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

जापानी अधिकारीहरुले यहाँ गएको तीन दशकपछि पहिलो पटक यति ठूलो मात्रामा वर्षा भएको जनाएका छन् । ती अधिकारीहरुकाअनुसार मौसमविद्हरुले बाढीको जोखिम अझै कायमै रहेको जनाएका पनि बताएका छन् ।

 

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्