Logo
८ बैशाख २०८१, शनिबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयका सबै निकायलाई परिपत्र : विदा नबस्नू र हड्ताल नगर्नू

काठमाडौं, २८ असार : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले बिहीबार मातहतका सबै निकायलाई परिपत्र गरी अहिले बाढी, पहिरो, सरुवा तथा संक्रामक रोगको समय भएकाले देशभरीका सबै स्वास्थ्यकर्मीलाई विदामा नबसी काम गर्न आग्रह गरेको हो । मन्त्रालयले यस्ता काम गरेमा कारबाही गर्ने पनि परिपत्रमा उल्लेख गरेको छ ।

‘यो मौसममा प्राकृतिक प्रकोप, बाढी पहिरो, सरुवा तथा संक्रामक रोगहरुले प्रभावित गर्ने भएको हुँदा देशभरीको सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई नियमित रुपमा कामकाज गर्न, विदामा नछोड्न, विना अनुमित स्वास्थ्य संस्थामा अनुपस्थित नहुन र कुनै पनि किसिमका बन्द हड्ताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न नगराउनसमेत अनुरोध छ’ सहसचिव मधुसुदन बुर्लाकोटीले पठाएको पत्रमा भनिएको छ ।

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्