Logo
४ बैशाख २०८१, मंगलबार
(July 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया विश्वकपको फाइनलमा

इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ । योसँगै फाइनलमा क्रोएशियाले आइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ।

पाँच पटक विश्वकप खेलेको क्रोएशिया पहिलो चोटी विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सन् १९९६ पछि पहिलोपटक फाइनलमा पुग्ने इंग्ल्याण्डको सपना स्ट्राइकर मारिया मान्डजुकिकले अतिरिक्त समयको १ सय ९ औं मिनेट इभान पेरिसिकको फ्लिकमा निर्णायक गोल गरेका थिए।

त्यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलको खेल निर्धारित समयमा १(१ को बराबरीमा रोकिएको थियो। खेलको पाँचौं मिनेटमा किरन ट्रिपरले फ्रिकिक मार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा इंग्ल्याण्डले १-० को अग्रता बनाए पनि ६८ अौं मिनेटमा इभान पेरिसिकले क्रोएशियाबाट बराबरी गोल फर्काएका हुन् । सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललार्इ पेरिसिकले पोस्टको दिशा दिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

प्रकाशित मिति: Jul 12, 2018

प्रतिक्रिया दिनुहोस्