Logo
१३ बैशाख २०८१, बिहीबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लामा अनशनरत डा.केसीलाई काठमाडौं ल्याउन प्रधानमन्त्रीले निर्देशन

काठमाडौं, २७ असार : जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई स्वास्थ्य उपचारको लागि काठमाडौं ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

आजमात्रै डाक्टर केसीलाई काठमाडौं ल्याउने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर लैजाने तयार गरिएको थियो ।प्रधानमन्त्री ओली भने केसीलाई बोकेरै काठमाडौं ल्याउने अनि वार्ता गर्ने मनशायमा पुगेको श्रोतको दावी छ ।

तर डाक्टर केसी भने अहिले काठमाडौं आउने चाहँदैनन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न आफू तयार रहेको बताउँदै वार्ताको लागि केसी काठमाडौं आउनुपर्ने अडान लिएका छन् ।

सरकारले वार्तामा चासो नदेखाएका कारण डा केसी काठमाडौं आउन मान्ने सम्भावना कमजोर रहेको केसी पक्षधरले जिकिर गरेको छ ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्