Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणगढ-मुग्लिन सडकखण्डमा फेरि समस्या, अर्को ठाउँमा पनि चिरा

चितवन, २७ असार : नारायणगढ-मुग्लिन सडकको गाईघाट नजिक चिरा परेको छ । सडक भाँस्सिने समस्या देखिएपछि त्यो ठाउँमा एकतर्फी रुपमा मात्रै गाडी चलाउन थालिएको छ । यसअघि नारायणगढबाट ८ किलोमिटरको दुरीमा पर्ने भत्तेरी भन्ने ठाउँमा निर्माणकै क्रममा सडक भासिएको थियो ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन तीन वर्षअघिदेखि विस्तारको काम भइरहेको छ । विस्तारको काम सकिन लाग्दै गर्दा पहिरोलगायतका यस्ता खाले समस्याहरु आउन थालेको छ । ७० मिटर लम्बाइसम्म चौडाईतर्फ सडकको आधा भाग दबेको छ ।

अहिले भइरहेको निर्माणका कारणले नभएर सो ठाउँको भौगर्भिक अवस्थाका कारण समस्या आएको निर्माण सम्बद्ध अधिकारीहरुले बताएका छन् । नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार मंगलबार बिहान गाईघाट क्षेत्रमा अत्याधिक वर्षा भएको थियो ।

नारायणगढदेखि १७ किलो मिटर पर मुग्लिनतर्फ पर्ने ठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध पनि भएको थियो । धेरै नै वर्षा भएपछि खोल्सा खोल्सीहरुमा पानीको मुल फुटेको इन्जिनियर खनालले बताए । त्योसँगै सडकमा चिरा पर्न सुरु भएको उनको भनाई छ ।

आयोजनाको आग्रहमा बुधबार भुगर्भविद् लगायतका इन्जिनियरहरुको टोली आएर सो ठाउँको अध्ययन गरेको छ । सडक चिरा पर्नुको कारणका बारेमा टोली पनि ठोस निचोडमा पुगेको छैन । आयोजनाको परामर्शदाता कम्पनी फुलब्राइट कन्सल्टटेन्सीका भुगर्भविद् इन्जिनियर अच्युत कोइरालाका अनुसार अहिलेको निर्माणका कारणले समस्या आएको भने होइन ।

वि.सं. २०५९ सालतिर ठुलो पहिरो गएपछि पुरेको ठाउँ पनि बगाएको र त्यसपछि रक बोल्टिङ गरेर सडक फराकिलो बनाएको हो भन्ने जानकारी प्राप्त भएको उनले बताए । त्रिशुली नदीको आडमा रहेको त्यो ठाउँमा एकातर्फ नदी र अर्को तर्फ पहाड छ । पहाडको कडा चट्टानमा नदीतर्फको कंक्रिटको भागलाई जोड्ने काम गरेको हुन सक्ने कोइरालाको भनाइ छ ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्