Logo
१५ चैत्र २०८०, बिहीबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षलाई चुनौति दिँदै महामन्त्रीको नेतृत्वमा असन्तुष्ट पक्षले बोलायो महाधिवेशन

काठमाडौं, २७ असार : अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा अर्को खेमा सक्रिय भएको छ । महामन्त्री कुन्दन काफ्लेसहितका असन्तुष्ट समूहका नेताहरुले १२ औं महाधिवेशनको मिति समेत घोषणा गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाठौंमा महाधिवेशन गर्ने तय गरिएको जानकारी दिएको छ । असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको छ ।

विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमतबाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ । मुल पार्टीमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमा सशक्त रुपमा बाहिर देखिएको बेला विद्यार्थीमा भने देउवा र देउवाविरोधी खेमाका रुपमा देखिएको छ ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्