Logo
७ बैशाख २०८१, शुक्रबार
(July 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैथिली भाषाको फिल्म ‘प्रेमक बसात’को ट्रेलर तथा गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ : मैथिली भाषाको सबैभन्दा महंगो चलचित्र ‘प्रेमक बसात’को आइतबार राजधानीमा एक कार्यक्रम ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ ।

हिन्दु मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सह कलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् ।

भारतका चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् । वेदान्त झाले निर्माण गरेको चलचित्रको रुपक सरारले निर्देशन गरेका हुन् भने रुपक सरर लेखेको चलचित्रलाइ संगित सरोज सुमन, प्रवेश मल्लिक, एस.कुमारले दिएका छन् ।

जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा एक करोड लगानिमा तयार भएको चलचित्र लाइ नेपालका विभिन्न शहर सहित भारत, दुबई, कतार अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी गरेको छ ।

मैथिली भाषालाई विश्वव्यापी बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका रहने निर्माण युनिटको विश्वास रहेको छ । यसको एक आइटम गीत ‘ललमुनियाके ताडी’ मा नायिका नम्रता सापकोटाले पनि नृत्य गरेकी छिन । चलचित्रको सम्पूर्ण गीत संगीतलाई भारतकै सबै भन्दा ठुलो कम्पनी टी सिरिजले बजार ब्यबस्थापन गरेको हो ।

आगामी अगस्ट १ तारिखमा काठमाडौँमा विशेष च्यारिटी शो गरिने भएको छ । भारतमा दशैं वरिपरि रिलिज हुने भने अन्य ठाउँमा पनि छुट्टा छुट्टै समयमा रिलिज गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: Jul 11, 2018

प्रतिक्रिया दिनुहोस्