Logo
११ बैशाख २०८१, मंगलबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक साँझ पुनः बस्ने

काठमाडौँ : संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक मंगलबार साँझ पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो । शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले प्रतिवेदन पेश गरेको र प्रतिवेदनमा छलफल भएपनि आज साँझ पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको छ ।

 

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्