Logo
१२ बैशाख २०८१, बुधबार
(July 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीप चिप्लिएर २५० मिटर तल खस्दा एकको मृत्यु, नौ घाइते

पाँचथर : पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभिरबाट मंगलबार बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृत्यु भएको र जीपमा सबार अन्य नौजना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जीप बिहान ८ बजे याङ्वरक–३, चैतेभिरबाट खसेको थियो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको बताइएको छ । जीपमा १० जना सवार थिए ।

प्रकाशित मिति: Jul 10, 2018

प्रतिक्रिया दिनुहोस्