Logo
६ बैशाख २०८१, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानमा वर्षाका कारण कम्तीमा एक सय जनाको मृत्यु, दर्जनौँ वेपत्ता

काठमाडौं : जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता भएका छन् ।

जापानका १५ लाख बढीलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्, ‘उद्धारकर्मीहरुले समयको सामना गरिरहेका छन् । धेरै व्यक्ति हराइरहेका छन् र धेरैलाई सहायता चाहिएको छ ।’

गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ । यो रेकर्ड हालसम्मकै उच्च हो ।

जापानको मौसम विभागका अधिकारीले बीबीसीसँग भनेका छन्, ‘हामीले यस्तो खालको वर्षा अहिलेसम्म थाहा पाएका थिएनौं ।’ अधिकारीहरुका अनुसार अझै केही दिनसम्म वर्षा जारी रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्