Logo
६ बैशाख २०८१, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीका कारण ज्यान गुमाउनेको संख्या १०० नाघ्यो, ५० बेपत्ता

लगातारको वर्षासँगै आएको बाढीका कारण जापानमा ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । ठूलो वर्षाका कारण आएको बाढीका कारण कम्तिमा १०० जनाको ज्यान जानुका साथै ५० जना भन्दा धेरै बेपत्ता भएको जापान टाइम्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

जापानको पश्चिमी क्षेत्रमा बाढीले बढी प्रभाव पारेको छ । बाढीसँगै पहिरो पनि गएकाले क्षति बढी भएको हो । जापानको पश्चिमी क्षेत्रमा बिहीबारदेखि ठूलो पानी परेको छ ।

जुलाईको पूरै महिनाभर सामान्य रुपमा पर्ने पानीको तुलनामा पछिल्ला दिनमा तीन गुणा बढी पानी परेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढेकाले २० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

जापानमा अहिलेको जस्तो वर्षा यसअघि नभएको मौसम विभागका अधिकारीले बताएका छन् । पहिरोको लेदो तथा बाढीमा हराएकाको खोजी सोमबार बिहानैदेखि फेरि सुरु भएको छ । बाढी तथा पहिरोका कारण हिरोसिमा क्षेत्र बढी प्रभावित भएको छ ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्