Logo
७ बैशाख २०८१, शुक्रबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिवाकर खड्काको ‘के भनि बोलाऊँ’ गीतको भिडियो सार्वजनिक

काठमाडौ : गायक दिवाकर खड्काको नयाँ गीत  ‘के भनि बोलाऊँ…’ गीतको भिडियो सार्वजनिक भएको छ । निर्मलकुमार बरालको शब्द र सङ्गीत रहेको गीतको भिडियो ‘के भनि बोलाऊँ सार्वजनिक भएको हो ।

मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुमन लामा र प्रियंका लामालाई फिचरिङ गरिएको छ । वीरेन्द्र भाट ‘विपिन’को छायाँकन, किरण गिरीको सम्पादन रहेको गीतको भिडियोलाई राजकुमार महर्जनले निर्माण गरेका हुन् । ‘के भनि बोलाऊँ’ बोलको गीतको भिडियोलाई व्हाइट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्