Logo
१५ चैत्र २०८०, बिहीबार
(July 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम पूर्वानुमान महाशाखाका अनुसार तीनदिनसम्म लगातार वर्षा हुने

काठमाडौं : अबको तीन दिन लगातार झरी पर्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिन सम्म सामान्यदेखि ठूलो वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, सोमबार देशभर बदलीको सम्भावना छ । अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ भने पूर्व र पश्चिमका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाको भनाइ छ ।

मंगलबार दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसमविद्को भनाई छ । सोमबार जस्तै मंगलबार पनि देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।२७ गते बुधवार भने दिउँसो सामान्य बदली हुने प्रक्षेपण महाशाखाको छ ।

तीन दिन सम्म सामान्यदेखि ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने मौसमविद्ले बताएका छन् ।मौसमविद् पौडेलका अनुसार यस अघि परेको पानीले जमिन भिजिसकेकाले अब पर्ने पानी पछि पहिरो र बाढीको जोखिम हुनेछ ।

मनसुनको समयमा रातिको समयमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । ठूलो वर्षा हुँदा बाढी पहिरोको सम्भावना रहने र रातमा निदाईने हुँदा क्षति हुने जोखिम धेरै रहन्छ । आफ्नो घर बाढी पहिरोको जोखिममा रहे–नरहेकोबारे जानकारी राख्न र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

 

प्रकाशित मिति: Jul 9, 2018

प्रतिक्रिया दिनुहोस्