Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेलकूद विकासमा पर्याप्त बजेट नभएको मन्त्रीे विश्वकर्माको गुनासो

काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले राष्ट्रिय बजेटको ०.३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताएका छन् ।

खेल क्षेत्र दुरवस्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै उनले आगामी तीन वर्षभित्र खेलकूद परिषद् पुनःनिर्माण पूरा हुने विश्वास दिलाएका छन् । देशभरका ७५३ वटै स्थानीयस्तरमा रंगशाला निर्माण गर्न मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरिएको छ भन्दै उहाँले स्थानीय तहदेखि नै खेल क्षेत्रको विकास गरिने बताए ।खेलाडीको कोठा सम्मानले भरिए पनि उनीहरुको उचित संरक्षण गर्न नसकिएको भन्दै सरकारले खेलाडीको स्वास्थ्य बीमा, जीवन बीमा एवं भत्ताको व्यवस्था गर्ने बताएका छन् ।

स्थानीय, प्रदेश एवं केन्द्रीयस्तरमा नियमितरुपमा प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरिएको छ भन्दै उनले उच्चस्तरको प्रविधियुक्त तालीम तथा पूर्वाधारका लागि पर्याप्त बजेट नभएको बताए । भौगोलिक क्षेत्रमा खेलको विकास गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताएका छन् । आगामी मंसीरमा आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्न मन्त्रालय केन्द्रित भएको जानकारी दिँदै उनले त्यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि केही बढी खर्च भएको स्पष्ट पारेका छन् ।

काठमाडौँ र पोखरामा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूदका लागि आफूले सीमित साधन स्रोतको परिचालन गरिरहेको मन्त्री विश्वकर्माको भनाइ थियो ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्