Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर पूर्वाध्यक्षको मृत्यु

धादिङ : धादिङबेँसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आईतबार करेन्ट लागेर मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बर बहादुर विकले बताएका छन् ।

खेतमा पानी लगाउन लागेका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्