Logo
८ बैशाख २०८१, शनिबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाद्वारा प्रकोप पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

काठमाडौँ : राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

शनिबार बसेको राजनीतिक समितिको बैठकले तराई लगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुबान भएकोमा गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो।

तराईका विभिन्न जिल्लामा बाढी र डुबानका कारण भत्किएका संरचना तत्काल बनाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको नेता अनिलकुमार झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्