Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप : स्वीडेनलार्इ २-० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौं : स्वीडेनलार्इ क्वार्टरफाइनलमा २-० गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डको जितमा ह्यारी म्यागुरे र डेल अलिले गोल गरेका थिए । खेलको ३१ अौं मिनेटमा ह्यारी म्यागुरेले कर्नरबाट आएको बलमा हेडर गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यो उनको पहिलो अन्तराष्ट्रिय गोल पनि थियो ।

उनको खेलसँगै पहिलो हाफमा इंग्ल्याण्डले स्वीडेनविरुद्ध १-० को अग्रता लिएको थियो । दोस्रो हाफको ५९ अौं मिनेटमा डेले अलिले पुनस् हेडरमार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ २-० को जित दिलाए ।

योसँगै इंग्ल्याण्डले पहिलोपटक विश्वकपमा स्वीडेनलार्इ हराएको हो । यसअघि यी दुर्इ टोलीहरुबीच विश्वकपमा भएका दुर्इ खेल बराबरीमा टंग्गिएको थियो । २००२ को पहिलो भेटमा १–१ र २००६ को दोस्रो भेट २–२ को बराबरीमा रोकिएको थियो ।

अब इंग्ल्याण्डले बुधबार रसिया या क्रोएशियासँग सेमिफाइनल खेल्नेछ। यी दुर्इबीच केहीबेरमा विश्वकपको अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ ।

प्रकाशित मिति: Jul 8, 2018

प्रतिक्रिया दिनुहोस्