Logo
१२ बैशाख २०८१, बुधबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा आगलागी हुँदा १० लाखबराबरको धनमाल क्षति

रसुवा : शुक्रबार बिहान भएको आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ भिमली गाउँका हरिप्रसाद घिमिरेको एकतले घर जलेर नष्ट भएको हो ।

आगलागीबाट घर, एक चौपाया, नगद र सुनसहित रु १० लाखबराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।आगो नियन्त्रणका लागि स्थानीय बासिन्दाका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्