Logo
८ बैशाख २०८१, शनिबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनकुटामा माइक्रोबस दुर्घटना हुँदा चार जना घाइते

धनकुटा : कोशी राजमार्ग अन्तर्गत धनकुटाको रमाइलो घुम्तीमा माइक्रोबस दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।

धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको को१ख २८४७ नम्बरको माइक्रोबस शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सहचालक सुरज तामाङ, यात्रु कमला भुजेल, ईश्वरी पौडेल र उमेश पोखे्रललाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला ट्राफिक प्रहरी धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए ।

घाइते अन्य १४ जना जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि घर फर्केका छन् । माइक्रोबसको बे्रेक फेल भई दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्