Logo
१५ चैत्र २०८०, बिहीबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमएस धोनी : द अनटोल्ड स्टोरीको सिक्वेल बन्ने

एजेन्सी : महेन्द्र सिंह धोनीको जीवनीमा बनेको चलचित्र एमएस धोनी : द अनटोल्ड स्टोरीको सिक्वेल निर्माण हुने भएको छ । यसको पहिलो भागमा धोनीको भूमिका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले निभाएका थिए ।

महेन्द्र सिंह धोनीमाथि सिक्वेल चलचित्र बन्ने प्रवल सम्भावना छ । दोस्रो सिरिजमा धोनीको कप्तानीमा टीम इन्डिया वर्ल्ड च्याम्पियनपछिको कहानी देखाइनेछ ।

महेन्द्र सिंह धोनीको क्रिकेटिङ करिअरसँगै सिक्वेल चलचित्रमा उनको पर्सनल लाइफको बारेमा पनि देखाइनेछ ।

मिड डेको सोर्सका अनुसार, सिक्वेलमा यस वर्ष आईपीएलमा धोनीको कप्तानीमा चेन्नई सुपर किंग्स च्याम्पियन बनेको पनि हेर्न पाइनेछ । पुनः धोनीको भूमिकामा सुशान्त सिंह राजपूत नै हुने प्रवल सम्भावना छ ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्