Logo
७ बैशाख २०८१, शुक्रबार
(July 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाबाट सरकारलाई कांग्रेसको चेतावनी : ‘फेरि सँगै जेल जानु नपरोस्’

काठमाडौं, २२ असार : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारको निर्णयको विरोध गरे । सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए ।

नेपालका कुनै पनि राजनीतिक परिवर्तन सम्भव नभएको भन्दै उनले भने, ‘तपाईंहरु कांग्रेसलाई पराजित गरेर एक्लै हिड्छौं भन्ने दम्भ नपाल्नुस् ।’

कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिने भन्दै उनले फेरि सँगै जेल जाने परिस्थिति आउनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Jul 6, 2018

प्रतिक्रिया दिनुहोस्