Logo
१३ बैशाख २०८१, बिहीबार
(July 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाद्वारा आफ्नै छोरालाई गोली हानी हत्या

एजेन्सी : अमेरिकामा एक आमाले आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन् । ९२ वर्षीया आमाले ७२ वर्षका छोराको गोली हानी हत्या गरेकी हुन् । यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखका दिन भएको हो । प्रहरीका अनुसार आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि रिस थाम्न नसकि छोरालार्इ गोली हानी हत्या गरेकी हुन् ।

आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी एनाले र छोराको हत्या गरेपछि आफूपनि आत्महत्या गर्न चाहेको जानकारी दिइन् । छोराले आमासँग बस्न मुश्किल भएको भन्दै उनलाई वृद्धाश्रम लैजान चाहन्थे । बहसको क्रममा उनले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुईवटा गोली छोरामाथि दागिन् । पुलिस जब घटनास्थल पुग्यो तब उनको छोराको मृत्यु भइसकेको थियो । त्यसपछि ब्लेसिंगले छोराकी ५७ वर्षीया प्रेमिकामाथि बन्दुक तेर्साइन् तर उनकी छोराकी प्रेमिका त्यहाँबाट भाग्न सफल भइन् र पुलिसलाई उक्त घटनाबारे जानकारी दिइन् ।

पुलिस जब घटनास्थल पुग्दा ब्लेसिंग आफ्नो कोठाको एउटा कुर्सीमा बसेकी थिइन् । उनले पुलिसलाई यो अपराधका लागि आफूलाई मृत्युदण्ड दिनुपर्ने बताइन् ।

प्रकाशित मिति: Jul 5, 2018

प्रतिक्रिया दिनुहोस्